पुस ९, दैलेख
नेकपा दैलेखको पार्टी कार्यालयमा पार्टी सचिव प्रेम कटुवालले आयोजना गरेको बैठकमा नेकपाको केन्द्रिय राजनीतिमा देखिएका समस्याहरुको बारेमा छलफल गरिएको छ ।
पार्टी सचिव प्रेम कटुवालले बर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्नका लागि आयोजना गरेको बैठकमा उपलब्ध जिल्ला कमिटीका सदस्यहरुले संसद बिघटनको बारेमा प्रधानमन्त्री के.पि.शर्मा ओलिले चालेको कदमले सबैलाई दुखी बनाएको यसका लागि जिम्मेवार सबै नेताहरुले जनताको भावना भन्दा आफ्नो व्यक्तिगत भावनामा बढी केन्द्रित भएको लगायतका बारेमा छलफल र बहस भएको एक नेताले जानकारी दिएका छन् ।
बैठकमा प्रचण्ड र माधव नेपाल खेमाका नेताहरुको उपस्थिती भएको बताइएको छ । प्रदेश सभा सदस्य अमरबहादुर थापा, सुशिल थापा लगायतले बर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।










